सुरु भयो राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शितलनिवासमा सुरु भएको छ । 

जेनजी आन्दोलनपछिको अवस्था र आगामी निर्वाचनबारेमा छलफल  गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । 

उक्त बैठकमा ठूला दलका दोस्रो तहका नेताहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले विकासन्युजलाई जानकारी दिइन् । 

उनका अनुसार नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा बैठकमा उपस्थित रहेका छन् ।  त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा महासचिव शंकर पोखरेलले बैठकमा भाग लिएका छन् । 

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन बैठकमा उपस्थित रहेको खड्काले जानकारी दिइन् । 

Share News