काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा बसेको उक्त साधारणसभामा सञ्चालक समिति, सेयरधनी तथा व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कम्पनीको रजिस्टर्ड कार्यालय नक्साल, काठमाडौंमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस निर्णयअनुसार कम्पनीले सेयरधनीहरूलाई कुल ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा ४२ लाख ६३ हजार १५७ रुपैयाँ ८९ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ ।
नबिल इन्भेष्टमेन्टले हालसम्म लगानी व्यवस्थापन, पोर्टफोलियो म्यानेजमेन्ट, मर्चेन्ट बैंकिङ, म्युचुअल फण्ड सञ्चालन लगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आगामी वर्षहरूमा पनि लगानीकर्ताको हितमा अझ प्रभावकारी सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।