काठमाडौं । स्टार्टअप वर्ल्ड कप २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपालका विजेता डिएल सर्फका संस्थापक अर्जुन घिमिरे अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका छन् ।
स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुपले संयुक्त रूपमा आयोजना गरेको नेपालकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतियोगिताको विजेता बनेको डिएल सर्फले अब विश्वका १०० देशका स्टार्टअप च्याम्पियनसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्नेछ ।
घिमिरेले अक्टोबर १७ देखि २२ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा भाग लिनेछन् । प्रतियोगिताको विजेताले एक मिलियन अमेरिकी डलर ९नेरु १४ करोड ४० लाख बराबर० पुरस्कार पाउनेछ ।
बिहीबार स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल च्याम्पियन अर्जुन घिमिरेलाई बिदाई गरे ।
हालसम्म स्टार्टअप हब नेपालले पाँच नेपाली स्टार्टअपलाई विश्वकै प्रतिष्ठित सिलिकन भ्यालीसम्म पुर्याउन सफल भएको आयोजकले जनाएको छ । यस वर्ष पनि डिएल सर्फले विश्व स्तरमा नेपाली नवप्रवर्तनको झण्डा फहराउने अवसर पाएको छ ।
स्टार्टअप वर्ल्ड कपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्ससँग सम्बन्धित पिगासस टेक भेन्चरले गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले नवप्रवर्तक उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी र सञ्जाल विस्तारको अवसर प्रदान गर्छ ।
वर्ल्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत यो प्रतियोगिता नेपालमा भित्र्याएको हो ।