काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको भाडाको निवासमा सुरु भएको छ । शुक्रबार (आज) बिहान ११ बजेका लागी आह्वान गरिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।
बैठकमा असोज २९ देखि ३१ सम्म हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डामा केन्द्रित हुने एक सचिवालय सदस्यले जानकारी दिए ।
पछिल्लो राजनीतिक घटनाक्रम त्यसले उत्पन्न गरेको नयाँ परिस्थितिका बारेमा आजको बैठकमा व्यापक छलफल हुने सदस्यले बताए ।
उनका अनुसार विशेषतः आगामी महाधिवेशन र नेतृत्वको पुनर्गठनको विषय आजको बैठकका मुख्य एजेण्डा हुन् ।