एकै दिन ४ हजार २ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । एकै दिन सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको हो ।

यसअघि बिक्री सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । 

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेकाे छ । महासंघका अनुसार प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

Share News