काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई एकमत भएर अगाडि बढ्न आग्रह गरेका छन् । बबहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उनले सन्देश पठाएर यस्तो आग्रह गरेका हुन् ।
उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवाको सन्देश बैठकमा सुनाएका थिए । ‘सभापतिजीले बैठक बसेर सबै एकताबद्ध भएर अघि बढ्नु भन्ने सन्देश पठाउनु भएको छ,’ उनले बैठमा भनेका थिए ।
बिहीबारको बैठक देउवाबिना बसेको थियो । बैठकको अध्यक्षता पार्टी उपसभापति खड्काले गरेका थिए ।
पार्टीमा नेताहरुले नियमित महाधिवेशनको प्रस्ताव राखेका छन् । महामन्त्री गगन थापाले देउवालाई सभापतिबाट विदा दिएर महाधिवेशन गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।