काठमाडौं । सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेको हो ।
केही दिनअघिको बाढीपहिरोबाट सबैभन्दा ठूलो क्षति इलाममा भएको थियो । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।
नेकपा एमालेका नेता सुहाङ नेवाङले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।