काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले पद छाड्नु पर्ने धारणा राखेका छन् । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले देउवालाई सभापतिबाट हटाएर नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।
‘अहिलेको नेतृत्वबाट अगाडि बढ्न सकिँदैन, उहाँलाई विश्राम दिएर नियमित महाधिवेशनमा जाऔं,’ थापाले बैठकमा भने ।
देउवा अनुपस्थित रहेको बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् । आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले अध्यक्षता गरेका छन् ।
बैठकमा असोज २६ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे पनि छलफल भइरहेको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।