काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २५८२ बिन्दुमा पुगेको छ ।
आज २०० कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३१३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको २७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, युनियन हाइड्रोको २७ करोड, हिमालयन रिइन्स्योरेन्सको २० करोड, नेपाल रिइन्स्योरेन्सको २० करोड र हिमालयन डिस्टीलरीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार १.४८ प्रतिशतले घटेको छ । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशतले बढेका छन् ।