सर्‍यो एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको बहुप्रतीक्षितत केन्द्रीय कमिटी बैठक दुई दिन पर सर्ने भएको छ । यस अघि असोज २७ मा सुरु हुने भनिएको उक्त बैठक असोज २९ का लागि सारिएको हो ।

अध्यक्ष केपि शर्मा ओलीसँग उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक भेटमा ओलीले उक्त जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी गराए । 

अध्यक्षको कार्यव्यस्तताका कारण बैठक सरेको बुधवारको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । 

अर्का एक केन्द्रीय सदस्यका अनुसार बैठकको तयारी नपुगेकाले बैठक सारिएको हो । 

बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेखन समेत नसकिएकोले पनि बैठक दुई दिन सार्नु परेको उनले जानकारी दिए ।

Share News