काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको हो ।
बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ।
३ मिनेटको अवधिमा १०२.४१ अंक बढेर २ हजार ६६२ अंकमा पुगेको छ ।
यस अवधिमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । साथै, ३ मिनेटका अवधिमा २७ करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।