जेनजी आन्दोलनका मृतकका परिवारलाई चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने

काठमाडौं । जेनजी आन्दोलनका प्रत्येक मृतक परिवारका एक सदस्यलाई चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने घोषणा गरेको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् । 

उनले यो केवल वाचामात्र नभई कर्तव्य र श्रद्धा पनि रहेको बताए ।

‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौं, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौं,’ चौधरीले भनेका छन् ।

चौधरीका अनुसार उनको टिमले सम्पूर्ण सहिद परिवारलाई सम्पर्क गर्दैछ । 

उनले पीडितहरूले रोजगारीका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई पनि सम्पर्क गर्न भनेका छन् । 

चौधरीले पौड्यालको सम्पर्क नम्बर समेत सार्वजनिक गरेका छन् । 

Share News