कारोबार खुलेको साढे २ घण्टामै ६६ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १ बजेर ३० मिनेटसम्ममा नेप्से ६६.९४ अंकले घटेर २५३८.०१. विन्दुमा झरेको हाे । 

१ बजेर ३० मिनेटसम्ममा ३१९ कम्पनीको ३८ हजार ७८० पटक कारोबारमा ७६ लाख ४१ हजार १२६ सेयर खरिद बिक्री हुँदा  ३ अर्ब ४६ कराेड १९ लाख रुपैयाँकाे काराेबार भएकाे नेप्सेले जनाइकाे छ ।

 उक्त अवधिमा सिनर्जी पावर डेभलपमेन्टको सबैभन्दा धेरै १६ करोड ८७ लाख ५८ हजार ७३६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै युनियन हाइड्रोपावरको १६ करोड ५१ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । 

Share News