काठमाडौं । नेकपा (एमाले)का पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र उर्जामन्त्री कुलमान घिसिङको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । उनले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्री खनाल र घिसिङबाट सुरु हुनुपर्ने बताएका हुन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुनुपर्ने बताएका हुन् ।
‘सबैभन्दा पहिलो छानबिन कुलमानजीबाट गरौँ । कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन,’ रामेश्वर खनालको सम्पत्ति छानबिन गरौं,’ उनले भने, पीएसओ नलिने, अन्य सुविधा नलिने, उनीहरुसँग यो किसिमको सम्पत्ति कहाँबाट आयो ?’