ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगे सुदन गुरुङ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवा प्रहरी समक्ष पुगेका छन् । 

हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै जाहेरी दिन जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेका हुन् । 

तर, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनिसकेको भन्दै प्रहरीले जाहेरी लिन नमानेको प्रहरी स्रोतले बताए । 

Share News