काठमाडौं । बागबजारस्थित शान्तिश्री ब्वाइज होस्टेलमा आगलागी भएको छ । होष्टेलको छैठौं तलामा रहकाे किचनमा ग्यास लिक भएर आगलागी भएको हो ।
साेमबार दिउँसो २:४५ बजे भएको आगलागी दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासबाट नियन्त्रणमा आएको हो ।
होस्टेलको किचनमा खाजा पकाइरहेको अवस्थामा ग्यास लिक भएर आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । किचनमा भएका सबै सामान जलेर नष्ट भएका छन् ।
होस्टेलका सञ्चालक धर्मप्रसाद बजगाईं दशैं मनाउन घर गएको बेला आगलागी भएको हो । कसमस श्रेष्ठ घरधनी हुन् । होस्टेलमा ८/९ विद्यार्थी छन् । उनीहरु सबै सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।







