धादिङमा एक युवाले गरे आफ्नै आमाको हत्या

काठमाडौं । धादिङमा एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-५, थापाकटेरीमा आफ्नै छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका हुन् । 

५५ वर्षीया राममाया कँडेललाई उनका छोरा ३० वर्षीय यम बहादुर कँडेलले आइतबार साँझ करिब साढे ८ बजे धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएकी आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आमाको हत्या छोरा यमबहादुरले नै गरेको पुष्टि भएको छ ।

Share News