सुनको मूल्यले आज पनि बनायो ऐतिहासिक रेकर्ड, तोलामै २ लाख ३३ हजार नाघ्यो

काठमाडौं । सुनचाँदीको भाउले आज सोमबार पनि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । साेमबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएर ऐतिहासिक रेकर्ड कायम गरेको हाे । 

नेपाल सुनचाँदी व्यवसायी महास‌घका अनुसार आज सुनकाे मूल्य प्रतिताेला २ लाख ३३ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार  सुन २ लाख ३० हजार ६० सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै साेमबार चाँदीकाे मूल्य प्रतिताेला  ३० रुपैयाँले वृद्धि भएर चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साेमबार चाँदी  प्रतिताेला २ हजार ९ सय ६० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

Share News