नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग खुल्यो, होल्डिङमा रहेका सवारी गन्तव्य तर्फ जाँदै

काठमाडौं । नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती  सडकमा पहिरोको उच्च जोखिम हुन सक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् । 

Share News