जोखिम नरहेका जिल्लामा सेवा सुचारु गर्न पत्राचार

काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका जिल्लामा सरकारी सेवा सुचारु गर्न पत्राचार गरेको छ । गृहले पत्राचार गर्दै जोखिम नरहेका जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक सेवा सञ्चालन गर्न भनेको हो । 

मन्त्रालयले आइतबार ७७ वटै जिल्लामा पत्राचार गर्दै सेवा सुचारु गर्न निर्देशन दिएको हो ।

विपदको जोखि तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूको हकमा सार्वजनिक सेवा सञ्चालन गर्न मन्त्रालयले पत्राचार गरेकाे हाे । यसअघि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको थियो । 

Share News