हेलिकप्टर तयारी अवस्थामा छन्, विपदजन्य घटनाको निःशुल्क उद्धार गर्छाैं : वायु सेवा सञ्चालक

काठमाडौं । वायु सेवा सञ्चालकहरूले काठमाडौं उपत्यकाभित्र हुने विपदजन्य घटनाको निःशुल्क उद्धार गर्ने भएका छन् । 

वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै उद्धारको समन्वयका लागि नागरिक उड्डयन प्राधिकरणलाई समन्वय अधिकारी तोक्न आग्रह गरे । 

‘हाल देशका अधिकांश स्थानहरुमा अत्यधिक रुपमा वर्षा भइरहेको र वर्षातका कारण देशका विभिन्न भू-भागहरूमा बाढी पहिरो जस्ता विपदजन्य अवस्थामा परेका आम नागरिकको उद्धार कार्यको लागि संघमा आवद्ध हेलिकप्टर कम्पनीहरू तयारी अवस्थामा रहेको उनको भनाइ छ । 

‘समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने व्यहोरा समेत यसै पत्रद्वारा मार्फत जानकारी गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ । 

सरकारले हेलिकोप्टर सञ्चालकहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।
null

Share News