काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १:४५ बजे मुग्लिङ-नागढुङ्गा सडकखण्ड अन्तर्गत फिस्लिङमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा ३ घण्टा लाग्ने छ ।
पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ-मुग्लिङ सडक खण्डमा भने अहिलेसम्म अवरोध नभएको उनले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले सावधानी पूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।