सरकारी कार्यालयका प्रमुखलाई आजै कार्य स्थल पुग्न निर्देशन

काठमाडौं । सरकारी कार्यालयका प्रमुखहरूलाई आजै कार्य स्थल पुग्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयका जिल्ला स्थित कार्यालय प्रमुखहरूलाई असोज १८ भित्र अनिवार्य रूपमा कार्य स्थल पुग्न निर्देशन दिएको हो । 

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म वर्षाको सम्भावना रहेकाले आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ अर्थात् आजसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको हो । 

कार्य स्थल पुगेर पूर्वतयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।

‘सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ,’ मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।
null

Share News