सहयोगका निम्ति तयार रहन एमालेको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् ।

महासचिव पोखरेलले आज अपिल जारी गर्दै जन सुरक्षालाई प्राथमिकता दिई सरोकार भएका राज्यका  निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिए ।

साथै उनले जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनाका साथ  विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गरे । 

‘यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ । बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहन आग्रह गर्दछु,’ महासचिव पोखरेलले भने । 

Share News