स्ट्याण्डबाइ बस्न सबै कर्मचारीलाई मन्त्री घिसिङको निर्देशन, फोन र मान्छे उपलब्ध नहुने अवस्था नआओस्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सबै कर्मचारीहरूलाई स्ट्याण्डबाइ बस्न निर्देशन दिएका छन् । विपदको समयमा सबै कर्मचारीहरूलाई फिल्डमा जान स्ट्याण्डबाइ रहन उनले निर्देशन दिए । 

मनसुन सक्रिय भइ बाढी पहिरो जान सक्ने सम्भावना र मानवीय क्षति हुन सक्ने सम्भावना रहेकाले रोक्नका लागि जे जस्तो अवस्था छ सोही अनुसार काम गर्नुपर्ने उनले बताए । 

‘फोन गर्दा फोन उपलब्ध नहुने र मान्छे खोज्दा उपलब्ध नहुने होइन, दसैँ सकिसकेको छ, आजै देखि सबै जना स्ट्याण्डबाइ रहनु होला, सडक, सिचाईका कर्मचारी । जुन जुन निर्देशन आउँछ सोही हिसाबले काम गर्नका लागि तयार हुनुहोला । बजेट छैन भनेर रोक्ने होइन । विशेष परिस्थितिमा तत्काल काम गर्नुपर्छ,’ मन्त्री घिसिङले भने । 

उनका अनुसार डुबान हुन सक्ने अवस्थामा तत्काल गर्न सक्ने काम तत्काल गर्ने र तत्काल नसकिने भए रेस्क्यू गर्नुपर्छ । कार्यालयमा बस्ने होइन की सबैले सहयोग गरेर आफूसँग भएका उपकरण प्रयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

‘आम जनसमुदायलाई पनि यो विषम परिस्थितिमा सतर्क भएर यात्रा गर्न अनुरोध छ । दुई दिन ढिला भएर केही हुँदैन । यात्रा सुरक्षित हुनुपर्छ । आज राती र भोलीको दिन सुरािक्षत हौं,’ उनले भने, ‘खोला किनारको बस्तीहरुमा गृहमन्त्रीसँग समन्वय भइरहेको छ । रातीको समयमा बढी बाढी आउन सक्ने भएकाले खोला किनारका वासिन्दाहरु एक रात सुरक्षित ठाउँमा बस्नु होला ।’ 

Share News