काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभरका ४० जिल्ला उच्च जोखिममा रहेको जनाएको छ । विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको र आज बेलुका ७-८ बजेदेखि भोलि बिहान ८ बजेसम्म त्यसमा पनि विशेष गरी राति १० देखि बिहान २ बजेसम्म अतिभारी वर्षात्को सम्भावना रहेको छ ।
बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई सावधानी अपनाउन उनले अनुरोध गरे ।
विभागका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रसुवा, नुवाकोट, धादिङ जिल्ला उच्च जोखिममा छन् ।
यस्तै, सुनसरी, उदयपुर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलुढंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, गोरखा, नवलपरासी पूर्व र पश्चिम जिल्ला, रुपन्देही, कपिलवस्तु जिल्ला उच्च जोखिममा रहेका छन् । 