काठमाडौं । वर्षासँगै खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड र मुग्लिन-नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको हो ।
वर्षा नरोकिएका कारण पहिरो पन्छाउने कार्य सुरु गरिएको छैन ।