काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाए ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।
यसअघि राष्ट्रपति पौडेलले बडा दसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउनु घोषणा गरिसकेका छन् ।
देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी खड्काले बताइन् ।