काठमाडौं । बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रु वाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका-११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका-२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।