कुमारीलाई तलेजुको दर्शन गराइयो

काठमाडौं । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ ।  तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।

वसन्तपुरस्थित कुमारी घरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए ।

तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन् । 

Share News