काठमाडौं । विजयादशमीको बिहान आज काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै छन् । काठमाडौंबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ ।
दसैँको नवमीका दिनसम्म ६ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ ।