काठमाडौं । माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा ३ बालबालिकासहित ४ को मृत्यु भएको छ । सर्लाही जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर आज बिहान ४ जनाको मृत्यु भएको हो ।
हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, ६ वर्षकी सविवा खातुन, ८ वर्षका डिल्लु मन्सुर र ९ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।
ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएका थिए । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका उनले बताए ।