राष्ट्रपति पौडेलले गरे ९ जना कन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज ९ जना कन्याको पूजा गरेका छन् । 

राष्ट्रपतिको सचिवालयका अनुसार नक्साल स्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले ९ जना कन्याको पूजा गर्ने प्रचलन छ । 

त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक ९ जना कन्याको पूजाअर्चना गरेका थिए । 

Share News