काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्यूआरको सहकार्यमा नेपालीहरूको महान पर्व दशैंको अवसरमा 'डिजिटल दशैं' अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरूले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उपहारहरू जित्ने मौका पाउनेछन् ।
यस योजनाअन्तर्गत, प्रत्येक भाटभटेनी आउटलेटमा ग्राहकहरूले टीभीएस जुपीटर स्कुटर जित्न सक्नेछन् । साथै, बम्पर अफरमा एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत टाटा पन्च इभी जित्नेछन् । स्कुटरका लागि अफर असोज ६ गतेदेखि पुष १७ गतेसम्म, भने टाटा पन्च इभीका लागि असोज ६ गतेदेखि फागुण ३० गतेसम्म लागू हुनेछ । विजेताहरू भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा अनलाइन लक्की ड्र मार्फत छनोट गर्नेछ ।
यस अफरले दशैँको किनमेललाई थप लाभदायक बनाउने विश्वास लिइएको छ । नेपाल पे क्यूआर हाल देशभरका ५२ वटा बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग एप, डिजिटल वालेट, कनेक्ट आइपीएस तथा अलीपे पल्स नेटवर्कमार्फत स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । हालसम्म १० लाखभन्दा बढी मर्चेन्टहरु नेपाल पे क्यूआरमा आवद्ध भइसकेका छन् ।
भाटभटेनी सुपरमार्केट देशभर २७ भन्दा बढी शाखा भएको सबैभन्दा ठूलो रिटेल चेन हो । यहाँ दैनिक आवश्यक सामग्रीका साथै लुगाफाटा, इलेक्ट्रोनिक्स लगायतका सम्पूर्ण सामानहरू एकै छानामुनि खरिद गर्न सकिन्छ । भाटभटेनीले आधुनिक र व्यवस्थित लेआउटमार्फत सहज र सुविधाजनक किनमेल अनुभव प्रदान गर्ने गर्दछ ।