भीमसेन स्थान नजिक आगलागी, क्षतिको पूर्ण विवरण सङ्कलन हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ ।

नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिए । 

‘बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ,’ उनले भने । 

Share News