जेनजी आन्दोलनका घाइतेलाई सरकारको २० हजार सहयोग, परिचयपत्र पनि वितरण गरिने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आइतबार गृहमन्त्रालयले सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार गर्न २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । 

गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०८२ असोज १२ गतेको निर्णयअनुसार घाइते व्यक्तिहरूको पहिचान र सहज उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा आजैदेखि परिचयपत्र वितरणको काम सुरु गरिएको उल्लेख गरेको छ । 

सरकारले प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुराका घाइतेलाई रकम निकासा गरिएको जानकारी गराएको छ ।

null
 

Share News