देउवाको साला भुषण राणाको घरमा प्रहरीको छापा, सामान बरामद

अन्य नातेदार पनि टार्गेटमा

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनको घरमा छापा मारेको हो । प्रहरी स्रोतका अनुसार प्रहरी जावलाखेलस्थित भुषणको घरमा  पुगेर सामानहरू खानतलासी तथा बरामद गर्ने काम गरेको छ । 

राणा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् । अहिले सरकारले देउवाको घरमा भेटिएको नोटको विषयमा अनुसन्धान गरिरहेको छ । त्यसैको सिलसिलामा गोप्य सूचना प्राप्त हुने आशंकामा प्रहरीले भूषणको घरमा छापा मारेको बुझिएको छ । 

Share News