फागुनमा घोषणा भएको चुनावमा भाग नलिने एमालेको संकेत, यस्तो गर्यो निर्णय

केन्द्रीय समिति बैठक आव्हान

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते तय भएको चुनावमा भाग नलिने संकेत देखाएको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले चुनावमा चाग नलिने संकेत देखाएको हो । सचिवालय बैठकले वर्तमान सरकार प्रतिशोधको बाटोमा जान खोजेको टिप्पणी गर्दै चुनावमा सक्रिय सहभागिता नहुने संकेत गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार प्रतिसोधको बाटोमा लागेको बताएका हुन् । 

‘वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको संकेत हामीले देखेका छौं, सरकारले दलहरूलाई पन्छाएर निषेधको क्रियाकलाप गरेको देखिन्छ,’ उनले भने । 
उनले वर्तमान सरकारले राजनीतिक दलहरूसँग परामर्श नगरेको वा नचाहेको मात्रै नभइ निषेधको बाटोमा हिँडेको देखिएको बताए । 

उनले फागुन २१ गते घोषणा भएको निर्वाचनमा राजनीतिक दलहरूलाई निषेध गर्न खोजेको आशंका पनि व्यक्त गरे । 
‘सरकारले राजनीतिक दलहरूसँग परामर्श नगरेको मात्र होइन, निषेधको बाटोबाट हिड्न खोजेको छ,’ उनले भने, ‘राजनीतिक दललाई लक्षित गरेर भौतिक रूपमै क्षति पुर्याउने धम्की आइरहेका छन् ।’

उनले पाँच महिनाभित्र निर्वाचन हुनेमा संशय व्यक्त गरे । एमालेले केन्द्रीय समितिको बैठक पनि बोलाएको छ । 
 

Share News