दशैंमा मनकामना केबलकार अस्थायी रूपमा बन्द हुने

काठमाडौं । दशैंको अवसरमा मनकामना जाने केबलकार सेवा अस्थायी रूपमा बन्द हुने भएको छ ।

मनकामना केबलकार प्रालिले जारी गरेको विज्ञप्तिअनुसार महानवमी (असोज १५ गते), विजया दशमी (असोज १६ गते) र एकादशी (असोज १७ गते) का दिन केबलकार सञ्चालन अस्थायी रूपमा बन्द हुने छ । कम्पनीले यस अवधिमा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नियमित सेवा असोज १८ गतेदेखि पुनः सुचारु हुने जानकारी दिएको छ ।

यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै सहज र व्यवस्थित सेवा उपलब्ध गराउन निरन्तर प्रतिबद्ध रहेको कम्पनीले विजयादशमी तथा बडादशैंको अवसरमा आफ्ना सेवाग्राही, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना समेत व्यक्त गरेको छ ।

Share News