धरान उपमहानगरका मेयर हर्कले पार्टी खोल्ने, नाम  ‘श्रम संस्कृति पार्टी’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले पार्टी खोल्ने भएका छन् । पार्टी खोल्नका लागि राईले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।

उनले ‘श्रम संस्कृति पार्टी’ नामको पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । 

निर्वाचन आयोगका अनुसार मेयर राईले आयोगमै पुगी दल दर्ताका लागि निवेदन दिएका हुन्  । 

गत स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । 

सामाजिक सञ्जालमा निकै नै सक्रिय हुने उनी विभिन्न टीकाटिप्पणीलाई लिएर विवादमा  आइरहन्छन् । 
 

Share News