काठमाडौं । विज्ञान भन्छ समय परिवर्तनशील छ । यस्तै परिवर्तन भएको छ पूर्वराजा ज्ञानेन्द्र शाहको दशैं शुभकामनामा पनि । गत सालको दशैं शुभकामनाको लेटरहेड र शाहले यस वर्ष प्रयोग गरेको शुभकामनामा धेरै फरक देखिएको छ ।
गएको वर्ष सामान्य कागजमा आमदेशवासीलाई शुभकामना दिएका शाहले यसपटक आफू राजा हुँदा प्रयोग गर्ने लेटर प्रयोग गरेका छन् ।
पछिल्लोपटक तत्कालीन केपी ओली सरकारले ज्ञानेन्द्रलाई आफूलाई राजा नभन्न आग्रह गरेका थिए ।
यसअघि ज्ञानेन्द्रले दिएका हरेक सन्देशहरूमा आफूलाई श्री ५ महाराजधिराज भनेर लेखिएको हुन्थ्यो । यसपटक भने उनले आफूलाई पूर्वराजा भनेका छन् ।
अगिल्लाे वर्षको लेटर
