गुण्डुमा एमाले सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भाडाको निवासमा सुरु भएको उक्त बैठक ढिलागरी सुरु भएको हो ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका एक सचिवालय सदस्यले जानकारी गराए । 

ती सदस्यका अनुसार बैठकमा पछिल्लो जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीमा पारेको प्रभावबारे छलफल हुनेछ ।

भदौ १९ पछि पहिलो पटक बस्दै गरेको सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने बताइएको छ ।

सचिवालय बैठकमा पछिल्लो घटनाक्रमको सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे छलफल हुने ती नेताले बताए ।

Share News