काठमाडौं । नेकपा माओवादीका सचिव राम कार्कीले पार्टीलाई विघटन गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको पहिलो सत्रलाई सम्बोधन गर्दै कार्कीले उक्त प्रस्ताव राखेका हुन् ।
कार्कीले जेनजी आन्दोलनले जलेका घरजस्तै अवस्थामा हाम्रो पार्टी पनि पुगेको भन्दै विघटनको धारणा राखेका हुन् ।
‘जसरी आगोले जलेका घरहरूले अबको घामपानी सहन गर्न सक्दैनन्, त्यसैगरी यी पुराना पार्टीहरूले पनि नयाँ पुस्ताको लहर थेग्न नसक्ने,’ कार्कीले भनेका छन् ।
‘यही अवस्थामा अब अगाडि बढ्न नसकिने भएकोले पार्टीको जीर्णोद्वार होइन पुनःनिर्माण गरौं,’ कार्कीले प्रस्ताव गरेका छन् ।
जनताबाट अलग्गिएको पार्टीले जनताको भावना नबुझ्ने बताउँदै उनले अहिले पार्टीलाई मर्मत गरेर चलाउन असम्भव रहेको बताए ।