अर्थमन्त्रालयका सबै काम अब डिजिटल प्रक्रियाबाट हुने

काठमाडौं । अर्थमन्त्रालयले शुक्रबार (आज) देखि आफ्ना सबै टिप्पणी तथा निर्णय प्रक्रियाहरू डिजिटल स्वीकृतिबाट मात्र हुने जनाएको छ ।

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मन्त्रालयको यस्तो निर्णय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । 

उनले मन्त्रालयले मन्त्रालयका कामलाई छिटोछरितो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन् ।

मन्त्री खनालका अनुसार सवै आन्तरिक फाइलिङ देखि टिप्पणी तथा स्वीकृति कार्य अनलाइनमार्फत मात्र हुने छ। 

सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘डिजिटल प्रणालीले लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।’

Share News