नेपाल प्रहरीले माग्यो १ हजार ५९४ जवान

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवान र कार्यालय सहयोगी मागेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै करिब १ हजार ५९४ प्रहरी जवान पदको लागि दरखास्त आह्वान गरेको हो । 

जनपद प्रहरी जवानतर्फ १ हजार ५५३ जना, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११ जना, कुचीकारतर्फ १५ जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आह्वान गरेको नेपाल प्रहरीले जनाएको छ ।

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म  निवेदन दिन सक्नेछन्। 

खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधाका खेलाडीले मात्रै दरखास्त दिने सक्ने सूचनामा उल्लेख छ। 
 

null

Share News