काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले फागुन २१ मा चुनाव गर्नको लागि सरकारले तयारी थालिसकेको बताएकी छिन् । देशवासीका नाममा नाममा सम्बोधन गर्दै उनले फागुन २१ गतेभित्र चुनाव गर्नको आवश्यक तयारी थालिसकेको बताइन् ।
उनका अनुसार रोजगारीको सिलसिलामा देश बाहिर रहेका नेपाली नागरिकलाई मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैर नेपाली नागरिकले उठाएका संविधान सम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले सम्बोधनको क्रममा बताएकी छिन् ।
‘प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधिको चयनका लागि निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गर्न चाहन्छु,’ उनले भनेकी छिन् ।