महाशिवरात्री र बडादशैं अघि नेपाली सेनाको समन्वय बैठक

काठमाडौं । हरेक वर्ष महाशिवरात्री र बडादशैंको पूर्वसन्ध्यामा आयोजना हुने पृतनापति समन्वयात्मक बैठक यस वर्ष पनि सम्पन्न भएको छ । लामो समयदेखि निरन्तरता दिँदै आएको यस बैठकलाई नियमित वार्षिक परम्परा भएको स्पष्ट गर्दै यो कुनै आकस्मिक कार्यसूची नभएको नेपाली सेनाले जनाएको छ ।

बिहीबार (आज) एकदिन चलेको उक्त बैठक कुनै आकस्मिक घटना होइन नियमित प्रक्रिया हो ।

नेपाली सेनाका अनुसार बैठकको उद्देश्य आगामी चाडपर्वमा मुलुकभर आयोजित हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका क्रममा सुरक्षासम्बन्धी समन्वय, जनशक्ति परिचालन र व्यवस्थापनका विषयमा एकरूपता कायम गर्नु हो । 

बडादशैंताका देशका विभिन्न भागमा हुने ठूलो संख्यामा यात्रुहरूको आवागमन, मेलामेला र सामुदायिक गतिविधिमा शान्ति–सुरक्षाको सुनिश्चितताका लागि सेनाले आफ्नो भूमिका प्रभावकारी बनाउन स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य निकायसँग सहकार्य गर्ने विषय बैठकमा प्राथमिकताका साथ उठाइने परम्परा छ ।

‘यस वर्षको बैठक पनि यही परिपाटीअनुसार आयोजना गरिएको सेनाले जनाएको छ । यो कुनै आकस्मिकता होइन, बरु वर्षौंदेखि चल्दै आएको नियमित कार्यक्रमको निरन्तरता हो,’ नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतले भने । 

उनका अनुसार यस्तो बैठकले सुरक्षासम्बन्धी निकायबीच स्पष्ट कार्यविभाजन हुने, सम्भावित चुनौतीबारे समयमै तयारी गर्न सकिने र चाडपर्व शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

नेपाली सेनाले चाडपर्वलाई जनताको सुरक्षा, सुविधा र सहजतासँग जोडेर नियाल्दै आएको उल्लेख गर्दै यस किसिमको समन्वयात्मक बैठक भविष्यमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ ।

Share News