काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बिहिबार बस्ने भएको छ । बुधबार सम्पन्न स्थायी समितिको निर्णय अनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो ।
पार्टीका मुख्य सचिव गणेशमान पुनका अनुसार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन पेस गर्ने र उक्त प्रस्तावका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।
मुलत आजको बैठकमा मङ्सिरमा प्रस्तावित विशेष महाधिवेशन केन्द्रित बहस हुने पुनले जानकारी दिए ।
पुनका अनुसार अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गतेको आम निर्वाचन सम्बन्धमा पनि छलफल हुनेछ ।