काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । जेनजी आन्दोनलपछि गृहमन्त्री बनेका ओम प्रकाश अर्यालले काठमाडौं जिल्लाको सीडीओमा सहसचिव ईस्वर राज पौडेललाई सरुवा गरेका हुन् ।
पौडेल सनम शाक्य हत्याकाण्ड र त्यससँगै जोडिएको गोरे भन्ने चुडामणि उप्रेतीको सुन काण्ड छानबिन गरेका अधिकारी हुन् । चर्चित ३३ किलो सुनकाण्ड छानबिनको नेतृत्व गरेका सहसचिव पौडेललाई काठमाडौं प्रजिअको जिम्मेवारी दिने गृहमन्त्रीस्तरिय निर्णय भएको गृह श्रोतले बताएको छ ।
यसअघि गत भदौ पहिलो साता गृह मन्त्रालयले छविलाल रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । उनलाई गृह मन्त्रालयमा तानिएको बताइएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोलि चलाउन आदेश दिएका रिजालको आलोचना भएकाे थियाे ।