निर्वाचन कानुन संशोधन गर्न अध्यादेश जारी

काठमाडौं । आगामी निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कानुन संशोधन गर्नेगरी अध्यादेश जारी भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । 

नेपालको संविधान २०७२ को धारा ११४ बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा भनिएको छ ।

मतदाता नामावली ऐन २०७३ मा निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन नगरिने व्यवस्था थियो । अध्यादेशले उक्त कानुनलाई संशोधन गर्ने भएको छ ।

null

Share News